- फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, मुम्बई कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँका हलमा फिल्म लाग्ने बताइएको छ ।
काठमाडौं: अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार 'जेरी अन टप; फेब्रुअरी २७ शुक्रबारदेखि भारतमा रिलिज हुने भएको हो ।
नेपालमा शानदार कमाई गरेको फिल्म अब भारतमा प्रदर्शनमा आउन लागेको हो ।
फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, मुम्बई कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँका हलमा फिल्म लाग्ने बताइएको छ । फिल्म इनोक्स, पिभिआर लगायतका सिनेमा चेनसहित सय भन्दा बढी स्क्रीनमा रिलिज हुने बताइएको छ । फिल्मको टिकट बुक माई शो लगायतका एपबाट समेत लिन सकिने छ ।
फिल्ममा अनमोल र जसिता गुरुङको प्रमुख भूमिका रहेको छ । प्रेमको कथावस्तुमा निर्माण भएको फिल्म सगरमाथा आरोहणको साहसिक कथामा बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।